२३ माघ काठमाडौँ । काभ्रेको बनेपामा टिपरको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बनेपा नगरपालिका वडा न १० पुलबजारस्थित सडकमा बा ५ ख ३२४६ नम्बरको टिपरले ठक्कर दिएर घाइते भएका उनको मृत्यु भएको हो ।
हाल नामथर, वतन खुल्न नसकेका अन्दाजी २५र२६ वर्षीय एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप विवरण आउन बाकी रहेको प्रहरीले बताए ।