२३ माघ काठमाडौँ । नुवाकोटको त्रिशुली–काठमाडौं सडकखण्ड बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटना बेलकोटगढी नगरपालिका वडा न –७ मा यात्रुवाहक बस दुर्घटनामा हो । विपरीत दिशाबाट आइरहेको मोटरसाइकल जोगाउन खोज्दा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका छन् ।
उक्त बसमा लगभग १६र१७ जना यात्रु दुर्घटनाबाट घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल लैजाने काम भइरहेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।