२४ माघ काठमाडौँ । काठमाडौँ कमलपोखरीको सानदार मःम पसलमा ग्याँस सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरुको ११ जनालाई कीर्तिपुरको बर्न अस्पतालमा उपचारको लागि लगिएको छ ।
हिमाल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सबै घाइतेहरुलाई कीर्तिपुरको बर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।विस्फोटमा घाइते भएका कूल १४ जनामध्ये ३ जना भने अस्पताल लैजानुनपर्ने खालका रहेका प्रहरीले जनाएको छ ।आज बिहान पौने नौ बजे मःम पसलको भान्साकोठामा ग्याँस सिलिन्डर पड्किएको थियो ।
सिलिण्डर पड्किँदा भुइँतलामा भएको मःम पसल भएको घरको सिलिङ नै खसेको छ । माथिल्लो तलाका झ्यालका सिसा पनि फुटेका छन् । विस्फोट भएलगत्तै प्रहरीका गाडी र एम्बुलेन्सहरु घटनास्थल पुगेका थिए । घटना बारे थप विवरणको अनुसन्धान भई रहेको छ ।