Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुदा २३ जना घाइते 

 नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुदा २३ जना घाइते 

जोईन खबर

२७, माघ २०८१
  • 709
    SHARES
  •  नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुदा २३ जना घाइते 

    २७ माघ काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डमा नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस  दुर्घटनामा परेको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् ।

    images

    लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिए ।

    उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रु सकुशल छन् । ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।

    –

    प्रकाशित मिति :माघ २७, २०८१ आइतवार - ०८:३६:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको