२८ माघ काठमाडौँ । नेकपा माओवादी केन्द्रका पार्टीबाट गोरखाका नेताहरुले विभिन्न जिम्मेवारी पाएका छन् । पार्टीबाट विभिन्न पदमा जिम्मेवारी पाएका नेताहरुको घर गोरखा हो । गत माघ २१ बसेको केन्द्रीय कार्यालय पदाधिकारी बैठकले निर्णय गरेका छन् ।
नेकपा माओवादी केन्द्रले महासचिव देव गुरुङले पठाएको परिपत्रअनुसार आइतबार ्विभिन्न नेता कार्यकर्तालाई विभिन्न पदमा खटाइएको हो । यस निर्णय अनुसार जसमा अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारीमा नारायणकाजी श्रेष्ठ, नेपाल दलित राष्ट्रिय मुक्तिमोर्चाको इन्चार्जमा परशुराम रम्तेल, सहिद तथा बेपत्ता सन्तति फाउण्डेशन नेपालको इञ्चार्जमा हितराज पाण्डेलाई खटाइएको छ । यसै गरी एकीकृत अखिल नेपाल शिक्षक संगठनको इञ्चार्जमा लेखनाथ न्यौपानेलाई खटाइएको छ । गण्डकी प्रदेश कमिटीको सहइञ्चार्जमा हरिराज अधिकारीलाई तोकिएको छ ।
पार्टीको निर्देशन अनुसार जिल्लामा गोरखाको हकमा इञ्चार्जमा अमरबहादुर तमुलाई तोकिएको छ । पार्टी कमिटिको तर्फबाट सम्पर्क समन्वय प्रदेशअन्तर्गत गण्डकी प्रदेशमा चुडामणि खड्कालाई तोकिएको हो । पार्टीले यसै बैठकबाट देशभरका नेता कार्यकर्ताको जिम्मेवारीहरु समेत छुट्टाएको छ ।