Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दोलखामा एक शिक्षिका माथि खुकुरी प्रहारको प्रयास

दोलखामा एक शिक्षिका माथि खुकुरी प्रहारको प्रयास

जोईन खबर

२८, माघ २०८१
  • 973
    SHARES
  • दोलखामा एक शिक्षिका माथि खुकुरी प्रहारको प्रयास

    २८ माघ काठमाडौँ । दोलखामा एक शिक्षिका माथि खुकुरी प्रहारको प्रयास भएको छ । घटना दोलखाको वैतेश्वर माध्यमिक विद्यालयकी शिक्षिका उषा तामाङ लामामाथि एक युवाले बाटो छेकेर खुकुरी प्रहार गर्ने खोजेका थिए ।  स्कुल छुटी भए पछि घर जाने क्रम शिक्षिका तामाङमाथि बाटोमा कुरेर बसेका भीमेश्वर नगरपालिका ५ का सुन्दर अधिकारीले खुकुरी देखाएर हातपात र आक्रमण खोजेका सिसि टिभि फुटेजमा देखिएको छ ।

    images

    81d.jpg

    images
    images
    images

    शिक्षिका तामाङलाई आज बिहान विद्यालयबाट निस्किने क्रममा आक्रमण गरिएको हो । आफु विद्यालयबाट निस्किए लगत्तै बाटोमा ढुकेर बसेका अधिकारीले हुत्ताएर लडाउनुका साथै खुकुरी निकालेर ज्यान मार्ने प्रयास गरेको शिक्षिका तामाङले बताउनुभयो ।आक्रमण गर्ने अधिकारी शिक्षिका तामाङकै फुपुको छोरा रहेको खुुलेको छ । तामाङको हजुरआमाको नाममा रहेको जग्गा अधिकारीले जानकारी विनै आफ्नो नाममा नामसारी गरेपछि सो विषयमा अदालतमा मुद्धा दायर भएको थियो ।

    शिक्षिका तामाङको परिवारले दायर गरेको सो मुद्धा अदालतमा विचाराधिन रहेका बेला अधिकारीले हातपात र आक्रमण गर्दै खुकुरी प्रहार गर्ने प्रयास गरेका हुन् । सो जग्गाको विषयमा उच्च अदालतमा मुद्धा दायर गरिएपछि अधिकारीले मुद्धा फिर्ता लिन धम्की दिँदै गाली गलौज र हातपातका साथै आक्रमण गरेको पीडित तामाङले बताउनुभयो ।

    शिक्षिका तामाङमाथि आक्रमण भएपछि स्थानीयले प्रतिकार गर्दै उनलाई बचाएका थिए ।आफुमाथि आक्रमण भएपछि आजै जिल्ला प्रहरी कार्यालयमा आएर किटानी जाहेरी दिएको शिक्षिका तामाङले बताउनुभयो । तामाङ आज बिहान वैतेश्वर गाउँपालिका–६ नाम्दुस्थित वैतेश्वर माविको गेटबाट निस्कने क्रममा आक्रमण भएको थियो । घटना बारे थप अनुसन्धान भई रहेको छ । 

    प्रकाशित मिति :माघ २८, २०८१ सोमवार - २१:३०:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको