Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रेडियन्ट र ह्वाइटफिल्ड क्वाटरफाइनलमा

रेडियन्ट र ह्वाइटफिल्ड क्वाटरफाइनलमा

जोईन खबर

२८, माघ २०८१
  • 616
    SHARES
  • रेडियन्ट र ह्वाइटफिल्ड क्वाटरफाइनलमा

    २८ माघ काठमाडौँ । रेडियन्ट पब्लिक र ह्वाइटफिल्ड ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।रेडियन्टले निःसर्ग वाटिकालाई ५४–३७ ले पराजित ग¥यो । रेडियन्टको जितमा रविन्द्र खत्रीले २६ अंक योगदान गरे । नेहाल अन्सारीको १४ अंक सहयोगमा ह्वाइटफिल्डले रेडियन्ट रिडर्सलाई २७–२१ ले हरायो ।

    images

    सिनियर ब्वाइजमै भ्याली भ्युले पिपुल्स एकेडेमीलाई ३३–१९ तथा एलआरआईले स्वर्णिमलाई ४०–३९ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । भ्याली भ्युका गणेशबहादुर विष्टले १६ तथा एलआरआईका ¥युची श्रेष्ठले २५ स्कोर गरे ।सिनियर ब्वाइजमा क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

    images
    images
    images

    क्वाटरफाइनल आयोजक एक्सेल्सियर र होली भिजन, एलआरआई र निःसर्ग वाटिका, भ्याली भ्यु र ह्वाइटफिल्ड तथा रेडियन्ट पब्लिक र स्वर्णिमबीच हुनेछ ।सिनियर गल्र्समा रिब्सले द चाँदबागमाथि ३०–६ को सहज जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान पक्का   ग¥यो । रिब्सकी सुप्रिया मल्लले ११ स्कोर गरिन् ।सिनियर गल्र्समा पनि क्वाटरफाइनल समीकरण तयार भएको छ । क्वाटरफाइनलमा रेडियन्ट पब्लिकले ल्यान्डमार्क एकेडेमी, रिब्सले एलआरआई, स्वर्णिमले ग्यालेक्सी र एक्सेल्सियरले चाँदबाग विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

    प्रकाशित मिति :माघ २८, २०८१ सोमवार - २२:१६:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको