Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौं वनस्थलीबाट गोरखाका एक पुरुष  सम्पर्कविहीन

काठमाडौं वनस्थलीबाट गोरखाका एक पुरुष  सम्पर्कविहीन

जोईन खबर

२९, माघ २०८१
  • 733
    SHARES
  • काठमाडौं वनस्थलीबाट गोरखाका एक पुरुष  सम्पर्कविहीन

    २९ माघ काठमाडौँ ।  काठमाडौं वनस्थलीबाट गोरखाका एक पुरुष सम्पर्कविहीन भएका छन् । गोरखाका ६७ वर्षी शंकरप्रसाद अर्याल मंगलबारदेखि काठमाडौं वनस्थलीबाट हराइरहेको उनको परिवारको सदस्याहरुले बताए ।

    images

    वनस्थली खरिबोटस्थित निवासबाट मंगलबार बिहान मन्दिर दर्शन गर्न भन्दै निस्किएका शंकरप्रसाद घर नफर्किएको छोरा दिनेश अर्यालले बताए । अर्यालले प्रयोग गर्ने गरेको मोबाइल समेत घरमै छाडेर हिँडेका थिए ।

    images
    images
    images

    ५ फिट ३ इन्च अग्ला अर्याल कालो ज्याकेट, पाइन्ट र स्पोट्स जुत्ता लगाएको छोरा दिनेशले बताए ।छोरा दिनेशले भने ‘हामीले आफन्त र जानसक्ने सम्भावित ठाउँहरुमा उहाँको खोजी गरिसक्यौं तर कतै पनि फेला पर्नु भएको छैन ।’ परिवारले यसबारे प्रहरीलाई पनि जानकारी गराइएको र भेटेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।

    प्रकाशित मिति :माघ २९, २०८१ मंगलवार - १३:१६:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको