२९ माघ काठमाडौँ । नेपाल समाजवादी पार्टी नयाँ शक्तिको महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित भएकी छन् ।
महिला उपाध्यक्षमा मानुषीको मात्रै उम्मेदवारी परेको हो। काठमाडौंको कमलादीमा नेसपा ९नयाँ शक्ति० को महाधिवेशन जारी छ। अहिलेसम्म पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका छन्।
अध्यक्षमा भने बाबुराम भट्टराई र नेत्र चापागाईंबीच प्रतिस्पर्धा हुने भएको छ। अब केही कार्यसमितिहरुको फाइनल हुन बाकी छ ।