२९ माघ काठमाडौँ । गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग औपचारिक रुपमा सम्बन्ध विच्छेद गरेकी छिन् । मंगलबार गायिका चौहानले औपचारिक रुपमै पतिसँग सम्बन्धविच्छेद भएको सामाजिक सञ्जालमार्फत बताएकी हुन् ।उनले फेसबुकमा लेखेकी छिन्, ‘आजदेखि स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।’
उनले पत्नीका रुपमा अधिकारले पाउने सम्पत्ति पनि विष्णुकै प्रगति र उन्नतिका लागि छोडेको बताएकी छिन् ।पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।’ उनले भनेकी छिन् । विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह नहुने भन्दै उनले यसका लागि भावनात्मक मिलन, आपसी विश्वास र समझदारी हुनपर्ने बताएकी छिन् ।

फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ’, उनले लेखेकी छन्, ‘भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ । जुन रहेन, अनि हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको छ।एलिनाले विष्णुलाई अहिले पनि अग्निलाई साक्षी राखेर सात फेरा लगाउँदा गलेका खुट्टाका डोबहरू ताजै रहेको भावुक सन्देश दिएकी छन् ।