३० माघ काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस दिन सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँले घटेको हो । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९३० रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबारको बजारमा चाँदी एक हजार ९४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।