३० माघ काठमाडौँ । बिपी राजमार्गको भकुण्डेबेँसीबाट नेपालथोकसम्मका बाढीबाट क्षतिग्रस्त खण्डमा सडक मर्मत सुर गरिएको छ । सडक विभागका अनुसार धेरै क्षति भएको राजमार्गको १३ किलोमिटर खण्डमा काम प्रारम्भ भएको हो ।
क्षतिग्रस्त १३ किलोमिटरमध्ये आठ दशमलव पाँच किलोमिटर सडक पुनःनिर्माण सुरु भएको हो । बिपी राजमार्गलाई नै पहिलो प्राथमिकता दिएर यो मार्गमा यातायात अवरुद्ध हुन नदिने लक्ष्य छ ।
आवश्यक परे राति पनि काम गर्छौ ।गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको टोलीले उक्त राजमार्गको स्थलगत निरीक्षण गरेको थियो ।