Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 माओवादी केन्द्रले ३० औँ जनयुद्ध दिवस पेरिसडाँडामा मनाउदै

 माओवादी केन्द्रले ३० औँ जनयुद्ध दिवस पेरिसडाँडामा मनाउदै

जोईन खबर

१, फाल्गुण २०८१
  • 565
    SHARES
  •  माओवादी केन्द्रले ३० औँ जनयुद्ध दिवस पेरिसडाँडामा मनाउदै

    १ फागुन काठमाडौँ । तात्कालिन नेकपा माओवादीको नेतृत्वमा नेपालमा जनयुद्ध थालिएको आज ३० वर्ष पूरा भएको छ । २०५२ साल फागुण १ गते आजकै दिन माओवादीले सिन्धुली, रुकुम र रोल्पाका प्रहरी चौकीमा आक्रमण गरी युद्ध थालेको थियो ।यस जनयुद्धको बलमा देशबाट राजतन्त्रको अन्त्य भयो भने अहिले समानुपातिक, समावेशी जस्ता मुद्धा सहितको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।

    images

    एक पटक हतियार उठाए पछि जनताको मुक्ति नभएसम्म बिसाइने छैन भन्ने घोषणा गरेर फागुन १ गते रोल्पाको होलेरी,रुकुमको राडि र सिन्धुलिगडि प्रहरी चौकीमा भरुवा बन्दुकका भरमा आक्रमण गरेर शुरु भएको जनयुद्धले एक दशकमा सन्सारमा ठुलो उथलपुथल मच्चायो ।जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। पार्टीले जनयुद्ध दिवसको अवसरमा बिहीबार केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

    images
    images
    images

    so2.png

    वि.सं. २०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए । गरिब,किशान,मजदुर ,उत्पीडित जाति , छेत्र,लिङ्ग र समुदायले आफ्नो मुक्तिको सपना देखेर जनयुद्धमा साथ दिएका थिए ।

    so9.png

    यस युद्धका क्रममा १७ हजार मानिसको ज्यान गएको थियो भने संयौ अझै वेपत्ता छन् । हजारौँ घाईते अपांग छन् । तत्कालिन माओवादी पार्टीको सुप्रिमो प्रचण्डले यो प्रतिबद्वता प्रस्तुत गरेपछि पार्टी हतियार उठाएर युद्वमा होमिएको थियो । तर शान्ति प्रक्रिया पछि जनयुद्धको योजना तर्जुमा, पहल र नेतृत्व गर्ने नेताहरु आफैले यी प्रतिबद्धताको पालना नगरेको भन्दै आलोचना समेत हुँदै आएको छ ।

    so8.png

    प्रकाशित मिति :फाल्गुण १, २०८१ बिहिवार - ११:१२:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको