Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अमेरिकामा कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने

अमेरिकामा कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने

जोईन खबर

१, फाल्गुण २०८१
  • 763
    SHARES
  • अमेरिकामा  कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने

    १ फागुन काठमाडौँ । अमेरिकाको टेक्सस राज्यस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने भएको छ ।टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली सामाजिक अभियानकर्मीले विद्यार्थीका लागि समुदाय कार्यक्रम नामक अभियान सुरु गरेर करिब तीन हजार नेपाली विद्यार्थीका लागि खाद्यान्न सहयोग संकलन गरिरहेका छन् ।

    images

    कामविहीन नेपाली विद्यार्थीलाई कम्तीमा एक महिनाका लागि आवश्यक पर्ने खाद्यान्नमा विद्यार्थीलाई चामल, दाल, तेल, नुन, चना लगायतका खाद्यान्न सामग्री उपलब्ध गराउन लागिएको नेपाली समाज टेक्ससका महासचिव विजय भुसालले जानकारी दिए ।महासचिव भुसालका अनुसार हालसम्म ७०० बढी नेपाली विद्यार्थीले खाद्यान्न बुझेर लगिसकेका छन् ।

    images
    images
    images

    सवारी साधन भएका विद्यार्थीले नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र युलेशबाट खाद्य सामग्री प्राप्त गर्न सक्ने र सवारी साधन नभएका विद्यार्थीलाई उनीहरूको ठेगानामा पुर्‍याउने व्यवस्था मिलाइएको छ ।राष्ट्रपति डोनाल्ड ट्रम्पले गैर कानुनी आप्रवासीलाई निष्कासन गर्ने योजनालाई कडाइका साथ कार्यान्वयनमा ल्याएपछि त्यसको प्रत्यक्ष असर नेपाली विद्यार्थीमा पनि परेको छ । गैर कानुनी आप्रवासीको खोजी गर्ने क्रममा प्रहरीले दैनिक हजारौँ व्यावसायिक फर्ममा छापा मारिरहेको छ ।

    प्रकाशित मिति :फाल्गुण १, २०८१ बिहिवार - १५:२०:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको