१ फागुन काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा गरिएको छ।आगामी फागुन ५ गतेदेखि फागुन १४ सम्म काठमाडौंको दशरथ रंगशालामा हुने प्रतियोगिताको लागि गोकलिपर एन्जिला तुम्पाबो सुब्बाको कप्तानीमा २३ सदस्यी टोली घोषणा गरिएको हो।टोलीमा डिफेन्डर मनमाया दमाई तथा मिडफिल्ड सुष्मा तामाङ पहिलो पटक टोलीमा परेका छन्।प्रतियोगिताका सबै खेल फिफा अन्तर्राष्ट्रिय विन्डोजमा हुने भएकाले खेलहरूले अन्तर्राष्ट्रिय मान्यता पाउनेछन्।
प्रतियोगितामा नेपालसहित किर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहनेछ। खेलहरु दिनको २ र साँझको ६ बजे खेलिनेछ।प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ ५०० र भिआइपीतर्फ एक हजार तोकिएको छ। टिकट खल्ती एपबाट किन्न सकिनेछ।प्रतियोगिताको लिग चरण र फाइनल गरी नौ दिनमा चार दिन म्याच डे हुनेछन्। लिगमा शीर्ष हुने दुई टोलीबीच फागुन १४ मा फाइनल हुनेछ।
नेपाली टोलीमा गोलकिपरएञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ र डिफेन्डरमा अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी, मनमाया दमाई साथै मिडफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, रेनुका हमाल, सुष्मा तामाङ छन् ।यसै गरि फरवार्डमा सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल खेल्ने छन् ।
यस खेलको खेल तालिका
फागुन ५
म्यानमार भर्सेस लेवनान : दिउँस २ बजे
नेपाल भर्सेस किर्गिस्तान :साँझ ६ बजे
फागुन ८ गते
किर्गिस्तान भर्सेस म्यानमार : दिउँस २ बजे
नेपाल भर्सेस लेवनान : साँझ ६ बजे
फागुन ११ गते
किर्गिस्तान भर्सेस लेवनान : दिउँस २ बजे
नेपाल भर्सेस म्यानमार: साँझ ६ बजे
फागुन १४ गते
फाइनल : साँझ ६ बजे