१ फागुन काठमाडौँ । नेपाल समाजवादी पार्टी नयाँ शक्तिको अध्यक्षमा डा। बाबुराम भट्टराई निर्वाचित भएका छन् । नेपाल समाजवादी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट दुई अध्यक्ष बिच भएको प्रतिस्पर्धामा अध्यक्षमा नेत्र चपाईंलाई पछि पार्दै डा बाबुराम भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।
नयाँ शक्तिको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा भट्टराई निर्वाचित भएको नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले जानकारी दिएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण हलमा पत्रकार सम्मेलन गरि औपचारिक घोषणा साँझ ५ बजेको पत्रकार सम्मेलन गरि जानकारी दिने तयारी रहेको छ ।
प्रथम राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रम गर्ने भनिएको छ । आइतबारदेखि प्रज्ञा भवनमा नयाँ शक्तिको महाधिवेशन सुरु भएर नेतृत्व चयनका लागि निर्वाचन भएको थियो ।अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । उनी ७ सय ६१ मत ल्याएर निर्वाचन हुँदा प्रतिस्पर्धी नेत्र चापागाईंले ६३ मत पाए ।
त्यस्तै, उपाध्यक्ष (खस आर्य) ईश्वर रिजाल, उपाध्यक्ष (आदिवासी जनजाती) टेक बहादुर बाठामगर, उपाध्यक्ष (दलित) दुर्गा सोब, उपाध्यक्ष (महिला) मानुषी यमी भट्टराई, उपाध्यक्ष (मधेशी) उमेश शाह, महासचिव (खुला) सोनाम सिंह स्याङ्तान, सचिव (खुला) लक्ष्मण कार्की, सचिव (खुला) भरतराज दाहाल, सचिव (महिला) आसाकुमारी तामाङ, कोषाध्यक्ष हरि रिजाल निर्वाचित भएका छन् ।