Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सांसदहरुले गृहमन्त्रीमाथि प्रश्न उठाए पछि  नयाँ बानेश्वरबाट पक्राउ परे अखिल नेता जोशी 

सांसदहरुले गृहमन्त्रीमाथि प्रश्न उठाए पछि  नयाँ बानेश्वरबाट पक्राउ परे अखिल नेता जोशी 

जोईन खबर

१, फाल्गुण २०८१
  • 859
    SHARES
  • सांसदहरुले गृहमन्त्रीमाथि प्रश्न उठाए पछि  नयाँ बानेश्वरबाट पक्राउ परे अखिल नेता जोशी 

    १ फागुन काठमाडौँ । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा अखिल नेता कमलराज जोशी  पनि पक्राउ परेका छन् । नेता जोशीलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ परेको गरेको काठमाडौँ प्रहरीले बताए । उनीहरुले गत माघको २४ गते राति उनीसहितका व्यक्तिले डिउटीमा खटिएका  प्रहरी माथि कुटपिट गरेको हुन् ।

    images

    घटनामा पिटाई खाने दरबारमार्ग वृत्तका  प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नर्गेन्द्रराज विष्ट रहेका थिए ।  उनीहरुको मोटरसाइकल समेत लडाएर  जोशीसहित पाँच जनाको संलग्नता देखिएपछि उनलाई भने सत्ताको आडमा जोगाइएको भन्दै  प्रतिनिधिसभ बैठकमा समेत सांसदहरुले गृहमन्त्रीमाथि प्रश्न उठाएका थिए।

    images
    images
    images

    सो घटनामा संलग्न ताप्लेजुङका दिनश सिग्देल र डडेल्धुराका रमेश फुलारा गत २७ माघमा पक्राउ परेका थिए । घटनामा संलग्न अन्य दुई अझै फरार छन् । मदिरा पिएर होहल्ला नगर्न भनेर सम्झउँदा उनीहरुले प्रहरीको मोटरसाइकल लडाएर कुटपिट गरेका थिए। पक्राउ परेका जोशी यसअघि पनि विभिन्न अपराधिक मुद्दामा चार पटक पक्राउ परिसकेको खुलेको छ । 

    प्रकाशित मिति :फाल्गुण १, २०८१ बिहिवार - २०:२१:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको