१ फागुन काठमाडौँ । नेकपा माओवादी केन्द्रको निकट बिधार्थी संगठन अखिल क्रान्तिकारीले आज साझा माइतीघर मण्डलमा दीप प्रज्वलन गरेको छ । ३० औं जनयुद्ध दिवसको दिन बिहीबार दीप प्रज्वलन गरिएको हो ।जनयुद्धको समयमा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली दिँदै अखिल क्रान्तिकारीले दीप प्रज्वलन गरेको छ ।

यस जनयुद्धको बलमा देशबाट राजतन्त्रको अन्त्य भयो भने अहिले समानुपातिक, समावेशी जस्ता मुद्धा सहितको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।एक पटक हतियार उठाए पछि जनताको मुक्ति नभएसम्म बिसाइने छैन भन्ने घोषणा गरेर फागुन १ गते रोल्पाको होलेरी,रुकुमको राडि र सिन्धुलिगडि प्रहरी चौकीमा भरुवा बन्दुकका भरमा आक्रमण गरेर शुरु भएको जनयुद्धले एक दशकमा सन्सारमा ठुलो उथलपुथल मच्चायो ।

जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ।२०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।