२ फागुन काठमाडौँ । उत्तरी गोरखाको धार्चे गाउँपालिकाको सिङ्लामा दुई दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । हिमालय यात्रा नामक सामाजिक संस्थाको आयोजनामा यस शिविर सञ्चालन गरिएको हो । यस निःशुल्क दन्त शिविर धार्चे गाउँपालिका वडा ५ सिङ्ला र धार्चे आधारभूत अस्पतालमा दुई दिने सम्म सञ्चालन भएको थियो ।
यस दुई सम्म सञ्चालन भएको निःशुल्क दन्त शिविरबाट १५६ जनाले सेवा लिएको राज गोरखालीले बताउनु भयो । शिविर सञ्चालन भएको सुरुको दिन माघ ३० गते सिङ्लामा ६५ जना र दोस्रो दिन आधारभूत अस्पतालमा फागुन १ गते ९१ जनाले सेवा लिएको थिए । उक्त शिविरबाट समस्या भएको ८ जनाको दाँत समेत भरिएको हो ।
दाँत भर्न समय लाग्ने हुनाले धेरैको भने भर्ना नसकिएको हो । तीनजना दन्तरोग विशेषज्ञहरुले शिविरमा सेवा दिएका थिए ।हिमालय यात्राका अध्यक्ष रामबहादुर गुरुङ(सुक) अनुसार दुर्गम गाउँठाउँमा दाँतको समस्या भएका बिरामी धेरै हुने भएकाले दन्त शिविर गरिएको हो । यस संस्थाले त्यहाँ बिगत चारबर्ष अघिदेखि हरेक बर्ष शिविर सञ्चालन गर्दै आएको छ ।