Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भोटेकोशीका १७ वटा सहकारी संस्था खारेज

भोटेकोशीका १७ वटा सहकारी संस्था खारेज

जोईन खबर

२, फाल्गुण २०८१
  • 712
    SHARES
  • भोटेकोशीका १७ वटा सहकारी संस्था खारेज

    २ फागुन काठमाडौँ । सिन्धुपाल्चोको भोटेकोशी गाउँपालिकाको १७ वटा सहकारी संस्था खारेजीमा  परेको छ । गाउँपालिकाको नियमन क्षेत्राधिकारभित्र रहेका विगत दुई वर्षदेखि निष्क्रिय रहेको थियो । उक्त सहकारी संस्था खारेजको लागि गाउँपालिकाले एक सूचना प्रकाशन  गरेको हो । सहकारी संस्था खारेजीमा गाउँपालिकाले सहकारी शाखाले सहकारी ऐन बमोजिम सहकारी संस्था विघटन तथा दर्ता खारेज गर्न सकिने हुँदा यो सूचना प्रकाशित भएको उल्लेख गरिएको छ ।

    images

    दिनभित्र संस्थाको दर्ता प्रमाणपत्र, सक्कल पान नं प्रमाणपत्र, पछिल्लो लेखा परीक्षणको प्रमाणित प्रतिलिपी, पछिल्लो साधारणसभा भेलाको छायाकपीलगायत आवश्यक कागजातसहित भोटेकोशी गाउँपालिका सहकारी शाखामा सम्पर्क गर्न भोटेकोशी गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत दीपक दाहाल ले जानकारी दिनुभयो । तोकिएको समय सीमाभित्र सम्पर्क नगर्ने सहकारी संस्थालाई खारेज प्रक्रियामा लगिने समेत प्रमुख प्रसाशकिय अधिकृत दीपक दाहाल ले बताउनुभयो। भोटेकोशी गाउँपालिकाले जारी गरेको सार्बजनिक सूचना पत्रमा गाउँ पालिकाका १९ वटा सहकारी संस्थाको सूची प्रकाशन गरेको  थियो ।

    images
    images
    images

    जसमा अमर उज्यालो साना किसान कृषि सहकारी संस्था,त्रिशक्ति कृषि सहकारी संस्था,लगनशील महिला विकास बचत तथा ऋण सहकारी संस्था, कैलाश बचत तथा ऋण सहकारी संस्था,कोकरसिंग उपभोक्ता सहकारी संस्था,बन्जी सामुदायिक कृषि सहकारी संस्था,भोटेकोशी महिला बहुउदेश्यीय सहकारी संस्था,निशाना उपभोक्ता सहकारी संस्था, हिमालयन मितेरी बचत तथा ऋण संस्था सहकारी,लार्चा फुमाचे कृषि सहकारी संस्था,मितेरी उपभोक्ता सहकारी संस्था, शयपत्री उपभोक्ता सहकारी संस्था, शितल उपभोक्ता सहकारी संस्था, लिस्तिमाइ बचत तथा ऋण सहकारी संस्था,थानसिङ् कृषि सहकारी संस्था,सिन्धु पर्यटन सहकारी संस्था,गोर्खा नेपाल बचत तथा ऋण सहकारी संस्था सहित १७ वटा सहकारी संस्था खारेजी प्रक्रियाको लागि गाउँपालिकाले नाम प्रकाशन गरेको छ ।गाउँपालिकाले प्रकाशन गरेको सूचना अबधि भित्र सम्पर्क नआए सोता खारेजी हुने छ । 

    प्रकाशित मिति :फाल्गुण २, २०८१ शुक्रवार - ११:१३:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको