Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 भारतलाई हराउँदै थ्री बाई थ्री अन्तर्राष्ट्रिय बास्केटबल प्रतियोगिताको उपाधि नेपाललाई

 भारतलाई हराउँदै थ्री बाई थ्री अन्तर्राष्ट्रिय बास्केटबल प्रतियोगिताको उपाधि नेपाललाई

जोईन खबर

३, फाल्गुण २०८१
  • 865
    SHARES
  •  भारतलाई हराउँदै थ्री बाई थ्री अन्तर्राष्ट्रिय बास्केटबल प्रतियोगिताको उपाधि नेपाललाई

    ३ फागुन काठमाडौँ । भारतलाई हराउँदै नेपाल बास्केटबल टोलीले थ्री बाई थ्री अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ । शनिबार त्रिपुरेश्वरको कभर्डहलमा विजय बुर्जाको कप्तानीमा रहेको नेपालले भारतलाई २१–१७ ले हरायो ।

    images

    कप्तान विजयसँगै टोलीमा मनिष केसी, निश्चल महर्जन र निकेश राखल मगरले उत्कृष्ट प्रदर्शन गरेका थिए । निकेश नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले २५० अमेरिकी डलर प्राप्त गरेका छन् । विजेता नेपालले १२ सय  र उपविजेता राइभल भारतले चार सय डलर प्राप्त गरे ।

    images
    images
    images

    फ्रिडम ग्लोबल नेटवर्क र राइभल नेसन्सले आयोजना गरेको प्रतियोगितामा नेपाल, भारत र पाकिस्तान सहभागी थिए । डबल राउन्ड रोबिन पद्धतिमा शुक्रबार र  शनिबार भएको प्रतियोगितामा शीर्ष दुईमा रहँदै नेपाल र भारतका टिम फाइनलमा स्थान बनाउन सफल भएका हुन् । विजेतालाई संघका अध्यक्ष भीमसिंह गुरुङ लगायतले पुरस्कृत गरेका थिए 

    प्रकाशित मिति :फाल्गुण ३, २०८१ शनिवार - २१:४२:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको