Logo

बिहिवार, कार्तिक १३ गते २०८३

स्थानिय तह कार्यसम्पदानमा वारपाक सुलीकोट गाउँपालिका फेरी पनि पहिलो

स्थानिय तह कार्यसम्पदानमा वारपाक सुलीकोट गाउँपालिका फेरी पनि पहिलो

जोईन खबर

४, फाल्गुण २०८१
  • 538
    SHARES
  • स्थानिय तह कार्यसम्पदानमा वारपाक सुलीकोट गाउँपालिका फेरी पनि पहिलो

    ४ फागुन काठमाडौँ । गोरखाको ११ वटा स्थानिय तह मध्येमा वारपाक सुलीकोट गाउँपालिका कार्यसम्पदानमा पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्याङ्कनको अन्तिम नतिजा अनुसार वारपाक सुलीकोट गाउँपालिका ७०.०८ अङ्क प्राप्त गरी जिल्लाको सबै भन्दा धेरै नम्बर ल्याएर पहिलो भएको हो ।

    images

    गोरखाको दोस्रो भएको भिमसेनथापा गाउँपालिकाले ६९.०१ अङ्क ल्याएको छ । त्यस्तै तेस्रो भएको आरुघाट गाउँपालिकाले ६८.०९ अङ्क प्राप्त गरेको छ । आयोगले सार्वजानिक नतिजा अनुसार चुमनुब्री गाउँपालिकाले ६७.०१ अङ्क प्राप्त गरेको छ भने धार्चे गाउँपालिका र पालुङटार नगरपालिकाले समान ६६.८ अङ्क प्राप्त गरेको छ ।

    images
    images
    images

    त्यस्तै, शहीद लखन गाउँपालिकाले ६६.४ अङ्क प्राप्त गर्न सफल भएको छ । गोरखाको पहिलो नगरपालिका गोरखा नगरपालिकाले ६०.७ र गण्डकी गाउँपालिकाले ६०.० अङ्क प्राप्त गरेका छन् । सिरानचोक गाउँपालिकाले ५८.६ अङ्क प्राप्त गरेको छ भने जिल्लाको सबैभन्दा कम अजिरकोट गाउँपालिकाले ५७.१ अङ्क प्राप्त गरेको छ।आयोगले प्रदेश तथा स्थानिय तहको कार्य सम्पादन मूल्याङ्कनमा कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्याङ्कन गरेको छ ।

    त्यस्तै, स्वास्थ्य र शिक्षालाई पनि मुख्य सूचकको रूपमा लिदै गर्भवती महिलाको ४ पटक गर्भ जाँच गरेको महिलाको अनुपात, पूर्ण खोप लगाएका बालबालिका र शिक्षामा सामुदायिक विद्यालयमा कक्षा १० मा १.६ भन्दा बढी जिपिए प्राप्त गरेका विद्यार्थी कक्षा ८ भन्दा बढी कक्षा ९ मा विद्यार्थी टिकाउ दर लगायतका सूचकहरू रहेका छन् । वित्त आयोगले वित्तीय अनुदान दिँदा स्थानिय तहको कार्य सम्पादनलाई पनि हेरेर सिफारीस गर्नका लागि कार्यसम्पादन मूल्याङ्कन हेर्ने गरिएको छ ।

    प्रकाशित मिति :फाल्गुण ४, २०८१ आइतवार - ११:०९:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको