६ फागुन काठमाडौँ । क्यानडाको टोरन्टोस्थित पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा डेल्टा एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको छ। उक्त दुर्घटनामा परी १८ जना घाइते भएका छन्।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।विमानमा ७६ यात्रु र ४ चालक दलका सदस्यसहित ८० जना सवार थिए।विमान अमेरिकाको मिनियापोलिसबाट टोरन्टो गएको हो।
क्यानडाको मौसम विज्ञान विभागका अनुसार हावा ६५ किलोमिटर प्रतिघण्टाको गतिमा चलिरहेको थियो।क्यानडाको यातायात सुरक्षा बोर्डले दुर्घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डले पनि यसमा सहयोग गरिरहेको सञ्चारमाध्यममा उल्लेख छ।