Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रामबहादुर बमजनविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

रामबहादुर बमजनविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

जोईन खबर

६, फाल्गुण २०८१
  • 664
    SHARES
  • रामबहादुर बमजनविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

    ६ फागुन काठमाडौँ । रामबहादुर बमजनविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ।सर्लाही जिल्ला अदालतमा बमजनविरूद्ध सोमबार मुद्दा दायर भएको जिल्ला न्यायाधिवक्ता नारायणप्रसाद घिमिरेले जानकारी दिए।सरकारी वकिलले ८ करोड ५९ लाख रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेका हुन्।चितवनमा रहेको बमजनको ६४ लाख बराबरको जग्गा र बरामद भएको रकम समेतलाई कायम गरी मुद्दा दायर भएको हो।

    images

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बमजनलाई लामो समयको अनुसन्धानपछि २०८० पुस २४ गते पक्राउ गरेको थियो।उनलाई काठमाडौंबाट पक्राउ गर्दा विभिन्न १७ वटा देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरका मुद्रा र ३ करोड ३४ लाख नेपाली नगद बरामद गरेको थियो।उनलाई पक्राउ गरी कारबाहीका लागि सर्लाही पठाएको थियो। अनुसन्धान र अभियोजन गरी अदालतमा पेस गरेको थियो।

    images
    images
    images

    अदालतले गत असार १७ गते जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई १० वर्ष कैद सजाय सुनाएको थियो। पीडितलाई बालिकालाई ५ लाख क्षतिपूर्ति दिन पनि भनिएको थियो। उनीविरूद्ध रौतहटकी गंगामाया तामाङले जाहेरी दिएकी थिइन्। आफू १४ वर्षकी हुँदा बमजनले आफूमाथि बलात्कार गरेको भन्दै जाहेरी दिएकी हुन्।

    धेरै वर्षदेखि सिन्धुपाल्चोक, बारा, सर्लाही र सिन्धुलीका विभिन्न जंगलभित्र आश्रम खोलेर बस्दै आएका बमजन आफूलाई भगवान भनेर चिनाउँथे।बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन्।बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन्। 

    प्रकाशित मिति :फाल्गुण ६, २०८१ मंगलवार - ११:२७:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको