७ फागुन काठमाडौँ । नेकपा माओवादी केन्द्रले तराई–मधेश जागरण अभियान सञ्चालन गर्ने भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले कार्यक्रम र समय तय गरेर पार्टीका कमिटीहरूलाई परिपत्र गरेका छन् ।
जनतासँग माओवादी, तराई मधेश जागरण अभियान’ दिइएको यो अभियानको उद्घाटन १२ फागुनमा झापाको कचनकवलको बनियानी बजारमा हुनेछ । आगामी ७ चैतमा कञ्चनपुर पुगेर अभियानको समापन हुनेछ ।
समय कार्यतालिका सामान्यतया एक जिल्लामा एक दिनको कार्यक्रम हुने गरी जिल्ला र समय तय गरिएको छ ।जस अन्तर्गत झापामा फागुन १२ गते, मोरङमा फागुन १३ गते, सुनसरीमा फागुन १५ गते कार्यक्रम हुनेछन् ।मधेश प्रदेश अन्तर्गत सप्तरीमा फागुन १६ गते, सिराहामा फागुन १७ गते, धनुषामा फागुन १८ गते र महोत्तरीमा फागुन १९ गते कार्यक्रम हुनेछ ।
सर्लाहीमा फागुन २१ गते, रौतहटमा फागुन २२ गते, बारामा फागुन २३ गते, पर्सामा फागुन २४ गते कार्यक्रम हुनेछन् ।बागमती प्रदेश अन्तर्गत चितवनमा फागुन– २५ गते कार्यक्रम हुनेछ ।गण्डकी प्रदेश अन्तर्गत नवलपुर ९नवलपरासी पूर्व० मा फागुन २६ गते, लुम्बिनी प्रदेश अन्तर्गत परासी ९नवलपरासी पश्चिम० मा फागुन २७ गते, रुपन्देहीमा फागुन २८ गते अभियान अन्तर्गतका कार्यक्रम हुनेछन् ।कपिलवस्तुमा चैत २ गते, दाङमा चैत ३ गते, बाँकेमा चैत ४ गते, बर्दियामा चैत ५ गते कार्यक्रम हुनेछ ।सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलालीमा चैत ६ गते कार्यक्रम हुनेछ ।
चैत ७ गते कञ्चनपुरमा कार्यक्रम हुनेछ र तराई मधेश जागरण अभियान समापन गरिनेछ ।अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तक्र्रिया, जनभेटघाट हुने परिपत्रमा उल्लेख छ । अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरे बमोजिम हुने भनिएको छ ।बिहान, दिउँसो र बेलुका गरी स–साना तीन वटा कार्यक्रम तय गर्न सकिनेछ’ परिपत्रमा उल्लेख छ ।
अभियान टोलीमा पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उप–महासचिवहरूका साथै सांस्कृतिक टोलीहरू रहनेछन् । सम्बन्धित प्रदेश र जिल्लाका पार्टी नेता, कार्यकर्ता, जवस मोर्चाका नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तक र जनसमुदायहरू अभियानमा सहभागी हुनेछन् । स्थानीय विशेषता सहितका सांस्कृतिक टोलीहरू, स्थानीय भेषभूषा, झाँकीहरू, स्थानीय पार्टी समितिहरूले तय गर्नेछन् ।अभियानको व्यवस्थापन सम्बन्धित प्रदेश इञ्चार्जको नेतृत्वमा सम्बन्धित जिल्ला पार्टीहरूले गर्ने छन् ।