Logo

बिहिवार, कार्तिक १३ गते २०८३

साउनदेखि माघमहिनासम्म गोरखा दरबार सङ्ग्रहालयमा  ७५ हजारभन्दा बढीले भ्रमण अवलोकन गरे

साउनदेखि माघमहिनासम्म गोरखा दरबार सङ्ग्रहालयमा  ७५ हजारभन्दा बढीले भ्रमण अवलोकन गरे

जोईन खबर

८, फाल्गुण २०८१
  • 706
    SHARES
  • साउनदेखि माघमहिनासम्म गोरखा दरबार सङ्ग्रहालयमा  ७५ हजारभन्दा बढीले भ्रमण अवलोकन गरे

    ८ फागुन काठमाडौँ । नेपाल एकीकरणको इतिहास अध्ययन गर्ने  गोरखा दरबार सङ्ग्रहालयमा आठ महिनाको अवधिमा ७५ हजारभन्दा बढीले भ्रमाण अवलोकन  गरेका छन् ।चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा आन्तरिक र बाह्य पर्यटक गरी ७५ हजार ७९१ जनाले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका हुन् ।

    images

    सङ्ग्रहालयको भ्रमण गर्नेमध्ये सबैभन्दा धेरै शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरू छन् । शैक्षिक भ्रमणका सिजनमा धेरै जिल्लाबाट यहाँ अवलोकन गर्न विद्यार्थीहरू आइपुग्ने गरेका हुन् । यस्तै, सार्क राष्ट्र र अन्य देशका पर्यटकसमेत गोरखा दरबार सङ्ग्रहालय घुम्न आउने गरेका हुन्छ । साउनयता सङ्ग्रहालयको भ्रमण गर्नेहरूमा ४३ हजार ८४८ जना विद्यार्थी छन् यस्तै, ३० हजार ७०४ जना आन्तरिक, एक हजार १६६ जना तेस्रो मुलुक र ७३ जना सार्क राष्ट्रभित्रका पर्यटकले सङ्ग्रहालयको भ्रमण गरेका छन् ।

    images
    images
    images

    सङ्ग्रहालयमा पर्यटकहरूले नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहलगायत शाहवंशीय राजाहरूको इतिहास अध्ययन गर्न पाउने व्यवस्था छ । विभिन्न जातजातिको संस्कृति र परम्परा झल्कने डमी, दिव्य उपदेश कक्ष, वंशावली कक्ष, धार्मिक परम्परा कक्षलगायत १२ वटा प्रदर्शनीकक्ष सङ्ग्रहालयमा रहेका छन् । यो सङ्ग्रहालय विंस २०६५ देखि सञ्चालनमा आएको हो ।

    प्रकाशित मिति :फाल्गुण ८, २०८१ बिहिवार - १०:१८:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको