९ फागुन काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका-३ पुलचोक स्थित नारायणी नदीको पुलबाट हामफालेका एक व्यक्ति सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
भरतपुर महानगर २ आँपटारी बस्ने ७९ वर्षीय खिला शर्मा अधिकारी शुक्रबार पुलबाट नारायणी नदीमा हामफालेका थिए ।
चितवनस्थित १७ नम्बर गणबाट खटिएको इमिडियट रेस्पोन्स टिम (आईआरटी ) ले उनको सकुशल उद्धार गरेको सशस्त्र प्रहरीले बताए ।
उद्धार गरिएका अधिकारीलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको हो । यस घटना बारे थप जानकारी आउन बाकी छ ।