२५ फागुन काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौँ फर्किदै छन् । त्यसै कार्यक्रम आज राजाबादीहरुले राजा शाहलाई दरबार (निर्मल निवास)प्रवेश गराउने तयारी समेत गरेका छन् ।
उनीहरूले राजसंस्थाको मागसहित प्रदर्शन पनि गर्ने भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र राप्रपा नेपालसहितका दल र संस्थाहरूले राजधानी काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ।उनीहरूले आज पूर्वराजा शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल जाने कार्यक्रम छ। त्यसपछि उनलाई महाराजगञ्जस्थित निर्मल निवास पुर्याइने छ।
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले पूर्वराजालाई स्वागत गर्न आज दिउँसो १ बजे विमानस्थल पुग्न सबैलाई अनुरोध गरेका छन् ।यही फागुन ७ गतेको प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा शाहले राजसंस्था फर्काउने समय आएको भन्दै साथ दिन अपिल गरेका थिए।