Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाली कांग्रेसका सभापति देउवाको स्वागतको लागि धनगढीमा राखिएको झन्डा आन्दोलनरत बिधार्थीले झिके

नेपाली कांग्रेसका सभापति देउवाको स्वागतको लागि धनगढीमा राखिएको झन्डा आन्दोलनरत बिधार्थीले झिके

जोईन खबर

२५, फाल्गुण २०८१
  • 565
    SHARES
  • नेपाली कांग्रेसका सभापति देउवाको स्वागतको लागि धनगढीमा राखिएको झन्डा आन्दोलनरत बिधार्थीले झिके

    २५ फागुन काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतमा धनगढी सडकको छेउमा राखिएको झन्डा आन्दोलनरत विद्यार्थीले झिकेका छन् ।

    images

    भोलिदेखि सुरू हुने नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उदघाटन गर्न कांग्रेस सभापति देउवासहितका नेताहरू धनगढी पुग्ने भएपछि नेविसंघका विद्यार्थीहरुले सडक क्षेत्रमा पार्टीका झण्डा राखेका थिए ।तर प्रदेश सरकारले ल्याउन लागेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धी ऐनको विरोधमा आन्दोलनरत विद्यार्थीले ती झन्डा हटाएका हुन् ।

    images
    images
    images

    आन्दोलनमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र रास्वपाका नेता सन्तोष जोशी लगायत देखिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका उनीहरूले सडकमा लगाइएका झन्डा हटाइदिएका हुन् ।उनीहरूले झन्डा हटाउँदा नेविसंघका विद्यार्थीले विरोध गरेका थिए । 

    प्रकाशित मिति :फाल्गुण २५, २०८१ आइतवार - १४:०३:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको