२५ फागुन काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आज दोस्रो तारिख बुझ्नका लागि आज कास्की गएका छन् । सभापति लामिछाने आजै जिल्ला अदालत कास्कीमा उपस्थित भएर तारिख बुझ्नेछ। कास्की अदालतमा उनको यो दोस्रो तारेख हो ।
त्यसपछि उनी सिधै रुपन्देही जानेछन् । भोलि रुपन्देही अदालतमा पनि तारेख रहेको सचिवालयले जनाएको छ ।सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट उनी ६५ लाख धरौटीमा रिहा भएका थिए ।
यस्तै रुपन्देहीमा १ करोड धरौटी बुझाएर उनी छुटेका हुन् ।