२६ फागुन काठमाडौँ । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख जरिवाना तोकेको छ । हिजो आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमडौँ आउने क्रममा स्वागत गर्ने कार्य गर्दा महानगर क्षेत्र फोहोर बनाएको र भौतिक संरचनामा समेत क्षति पुगेको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना उल्लेख गरेको छ ।महानगरले हिजो आइतबार एक पत्र काटेर उक्त बिषय खुलाएको छ ।
पत्रमा यस्तो लेखिएको छ, प्रस्तुत विषयमा मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडक पेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरी वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु १००,००० र(अक्षरुपी एक लाख) जरिवाना गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरिन्छ।पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिइएको छ।