२६ फागुन काठमाडौँ ।अदालतबाट निस्किदै गर्दा पूर्वगृह मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले पछिल्लो समय म मौन बसेको छु, अब बोल्ने समय निकै नजिक आएको बताएका छन् । लामिछानेले रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दर्ता गराएपछि यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले अदालतको गेटबाट बाहिरीर्दै गर्दा (मेरो बोल्ने समय निकै नजिक आउँदैछ । म बोल्ने नै मान्छे हुँ । प्रतीक्षा गर्नुहोला । छोटो प्रतीक्षापछि विशेष सम्बोधनसहित आउँदैछु,” भनेका छन् । उनलाई विभिन्न मुद्दामा गरि माघ १३ गते रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी छोडन आदेश दिएको थियो।
धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनि लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा आज निवेदन दर्ता गराएको उनको सचिवालयले जनाएको छ ।