२६ फागुन काठमाडौँ । अब वीर अस्पतालमा दुई सिफ्टमा अपरेसन सेवा सुरु हुने भएको छ । अस्पताले बिरामीको चाप बढिरहेकोले छिटो र छरितो सेवा दिन भन्दै अपरेसन सेवा दुई सिफ्टमा सुरु गरेको हो ।
अस्पतालका निमित्त निर्देशक डा। समाज गौतमले धेरै बिरामीलाई सुविधा दिने हिसाबले अहिले केही सेवाहरूमा दुवै सिफ्टमा अपरेसन आरम्भ गरिएको बताए ।
यसअघि अस्पतालमा एक सिफ्टमा मात्र अपरेसन सेवा उपलब्ध भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै संघीय अस्पताललाई दुवै सिफ्टमा ओपिडी सेवा आरम्भ गर्न भनेका थिए ।
सोहीअनुसार कार्य योजना बनाएर अहिलेको सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ । वीरले ओपिडी र सार्वजनिक बिदामा सेवा दिँदै आए पनि दुवै सिफ्टमा अपरेसन बल्ल सुरु गरेको हो ।