२६ फागुन काठमाडौँ । मुम्बईबाट न्युयोर्क गइरहेको एयर इन्डियाको विमान एआई–११९ मा बम राखिएको धम्की आएपछि उक्त उडान मुम्बई नै डाइभर्ट गरिएको छ। सोमबार बिहान ८ घण्टा ३७ मिनेटको उडानपछि विमान डाइभर्ट गरिएको थियो ।
विमानमा १९ चालक दलका सदस्यसहित ३ सय २२ यात्रु सवार थिए । एयर इन्डियाले उडानको वासरूममा एउटा नोट भेटिएको र जसमा बमको धम्की भएको पाइएको जनाएको थियो। विमान भारतीय समयअनुसार १० बजेर २५ मिनेटमा मुम्बई नै फर्किएको थियो। मुम्बई एयरपोर्टको टर्मिनल-२ बाट विमानले दिउँसो त्यहाँको समयअनुसार पौने २ बजे न्यूयोर्कका लागि उडान भरेको थियो।
यात्रुहरूमा पर्न गएको असुविधाप्रति क्षमा मागिएको छ। एयरलाइन्सले अब अप्रिल ११ गते बिहान ५ बजेका लागि उडान समय सारिएको जनाएको छ ।यसअघि मार्च ६ मा सिकागोबाट दिल्लीका लागि एयर इन्डियाको अर्को विमान प्राविधिक गडबडीका कारण ५ घण्टापछि सिकागो फर्किनुपरेको थियो । एजेन्सी