Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कार्यसम्पादन मूल्याङ्कनमा गोरखाको ११ वटा स्थानिय तह मध्ये बारपाक सुलिकोट गाउँपालिका प्रथम

कार्यसम्पादन मूल्याङ्कनमा गोरखाको ११ वटा स्थानिय तह मध्ये बारपाक सुलिकोट गाउँपालिका प्रथम

जोईन खबर

२६, फाल्गुण २०८१
  • 2.0K
    SHARES
  • कार्यसम्पादन मूल्याङ्कनमा गोरखाको ११ वटा स्थानिय तह मध्ये बारपाक सुलिकोट गाउँपालिका प्रथम

    २६ फागुन काठमाडौँ । गोरखा जिल्ला भित्र रहेको ११ वटा स्थानिय तह मध्ये बारपाक सुलिकोट गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा फेरी पनि प्रथम भएको छ । स्थानिय तह विभाजन भए देखि नै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा जारी कार्यालयको कार्यसम्पादन मूल्याङ्कनमा हरेक बर्ष जस्तै यो बर्ष पनि काम कार्यको मूल्याङ्कन प्रथम भएको हो ।

    images

    दोस्रो कार्यकालमा गोरखा जिल्ला भित्रका स्थानीय तहहरू माओवादी केन्द्रले ९ वटा पालिका जितेको थियो । पालिका  जितेको  ९ मध्ये एक उत्कृष्ट पालिका बारपाक सुलिकोट  गाउपालिका पर्छ र यस गाउँपालिकाको नेतृत्व अध्यक्ष विष्णु  प्रसाद भट्टले गरेका छन् । प्रथम भएको पालिकामा बारपाक सुलिकोट गाउँपालिकाले आयोगको मूल्याङ्कनमा  प्रत्यक बर्ष जस्तै यो बर्ष १०० प्रतिशत मूल्याङ्कन  गोरखा जिल्ला भित्र मध्यमा  ७०.८२ प्रतिशत अंक प्राप्त गर्दै जिल्लाका ११ स्थानीय तहहरूमा पहिलो स्थान हासिल गरेको  गाउँपालिका प्रवक्ता जित बहादुर नेपालीले बताउनु भयो ।  

    images
    images
    images

    गाउँपालिकाको विकास, पारदर्शिता र सेवा प्रवाहमा कारण पालिकाले यो उपलब्धि हासिल गरेको पालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले बताउनु भयो । सो मूल्याङ्कनमा पालिका अध्यक्ष भनु हुन्छ, “स्थानीय सरकारको प्रतिबद्धता, कर्मचारीहरूको परिश्रम र जनताको सहयोगकै  कारण यो उपलब्धि हासिल भएको  जानकारी गराउनु भयो । यस पालिकाले जनतालाई कर्मचारीले दिन सेवा र अध्यक्ष आफु पनि पूर्ण रुपमा खटे अनुसार प्रतिफल पाएको महसुस भएको समेत बताए । यो पालिका हरेक बर्ष काम गर्ने कार्यशैलीमा अरु पालिका भन्दा अगाडी रहेको देखिन्छ ।

    काम गरेको अनुसार फल पाएको भन्दै खुशी हुदै पालिका अध्यक्ष भट्टले आगामी दिनमा पनि गाउँपालिकालाई अझ व्यवस्थित र समृद्ध बनाउन निरन्तर मेहनत गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। स्थानीयवासीले पनि गाउँपालिकाको यो प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाहको अपेक्षा राखेको बताएका छन्। जनताले अब पालिका बाट पाउने सेवा प्रति अझ धेरै लागि पर्ने र धेरै बिकास गर्ने गराउने समेत बताउनुभयो । 

    प्रकाशित मिति :फाल्गुण २६, २०८१ सोमवार - १९:३१:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको