२७ फागुन काठमाडौँ । साउदी युवराज मोहम्मद बिन सलमानले सोमवार साँझ साउदी अरेबियाको जेद्दामा भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेका छन् ।
साउदी युवराजले जेद्दाको अल–सलाम दरबारमा युक्रेनी राष्ट्रपतिलाई स्वागत गरेका हुन । जहाँ आधिकारिक स्वागत समारोह आयोजना गरिएको थियो ।
दुई नेताहरूले औपचारिक वार्ता पनि गरे । अमेरिका–युक्रेन वार्ताअघि सोमवार जेलेन्स्की साउदी तटीय शहर पुगेका हुन ।