Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल कमर्स क्याम्पसमा समाजवादी मोर्चाबाट स्ववियु अध्यक्षमा जैसीको उम्मेदवारी

नेपाल कमर्स क्याम्पसमा समाजवादी मोर्चाबाट स्ववियु अध्यक्षमा जैसीको उम्मेदवारी

जोईन खबर

२७, फाल्गुण २०८१
  • 631
    SHARES
  • नेपाल कमर्स क्याम्पसमा समाजवादी मोर्चाबाट स्ववियु अध्यक्षमा जैसीको उम्मेदवारी

    २७ फागुन काठमाडौँ । नेपाल कमर्स क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन  समाजवादी मोर्चाको तर्फबाट स्ववियु अध्यक्षमा काशीराम जैसीले उम्मेदवारी दिएका छन् ।

    images

    मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्र विक्रम चन्द नेतृत्वको नेकपा र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)रहेका छन् ।विद्यार्थीतन्त्रमा ठूलो परिवर्तन ल्याउने उद्देश्य राख्दै अध्यक्ष पदको उम्मेदवारी  दिएको जैसीले बताए ।

    images
    images
    images

    शैक्षिक सुधार, विद्यार्थीहरूको आवाजलाई मजबुत बनाउने र क्याम्पसको समग्र विकास गर्ने योजना रहेको उनले बताए ।उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने दिन २८ फागुन अर्थात बुधबार तोकिएको छ ।

    बुधबार नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।२९ फागुनमा उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक हुनेछ । 

    प्रकाशित मिति :फाल्गुण २७, २०८१ मंगलवार - १५:५२:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको