Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखा क्याम्पसको स्ववियु निर्वाचनमा समाजवादी मोर्चाबाट सभापति पदमा अम्गाई र सत्तापक्षधर नेविसंघबाट परियार भिडदै

गोरखा क्याम्पसको स्ववियु निर्वाचनमा समाजवादी मोर्चाबाट सभापति पदमा अम्गाई र सत्तापक्षधर नेविसंघबाट परियार भिडदै

जोईन खबर

२७, फाल्गुण २०८१
  • 2.0K
    SHARES
  • गोरखा क्याम्पसको स्ववियु निर्वाचनमा समाजवादी मोर्चाबाट सभापति पदमा अम्गाई र सत्तापक्षधर नेविसंघबाट परियार भिडदै

    २७ फागुन काठमाडौँ । स्ववियु निर्वाचनका लागि गोरखाको गोरखा क्याम्पसमा आज दुई संगठनको उम्मेदवारी दर्ता भएको छ । गोरखा क्याम्पसबाट समाजवादी मोर्चा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल समाजवादीको गठबन्धन बनेर सभापतिको लागि सुलभ अम्गाई र सत्तापक्षधर नेविसंघ र अनेरास्ववियुको गठबन्धनबाट रचन परियारले उम्मेदवारी दर्ता गरेका छन् ।

    images

    यस आगमी चैत ५ गते हुने स्ववियु निर्वाचन गठबन्धन समाजवादी मोर्चाबाट सभापति अम्गाईको नेतृत्वमा सचिव रुपेश वि.क, कोषाध्यक्ष आयुसा अर्याल, सदस्यहरुमा अभिषेक राना, सलिना वयलकोटी, रोजिना गुरुङ, सलिना परियार, सविना थापामगरको उम्मेदवारी परेको सभापति अम्गाईले बताए । समाजवादी मोर्चा संग प्रतिस्पर्धा गर्न नेविसंघ र अनेरास्ववियुको गठनबन्धनबाट सभापतिमा नेविसंघका रचन परियारको नेतृत्वमा  सचिवमा अनेरास्ववियुका राजाराम बोहोरा, कोषाध्यक्षमा नेविसंघकी सविना गुरुङको उम्मेदवारी परेकोको छ ।

    images
    images
    images

    सदस्यहरुमा नेविसंघबाट अन्जना नेपाली, पुष्पा गुरुङ, अनेरास्ववियुबाट सदस्यमा कोपिला बोहोरा, मनिसा नेपाली सुमन नेपालीको उम्मेदवारी  परेको निर्वाचन समितिले जनाएको छ । समानुपातिक तर्फ भने नेविसंघ र अनेरास्ववियुले आआफने ढंगले बन्द सूची पेश गरेका छन् । दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने दिन २८ फागुनका लागि तोकिएको छ । फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने छ । चैत ५ मा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने छ ।

    प्रकाशित मिति :फाल्गुण २७, २०८१ मंगलवार - २०:५४:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको