२८ फागुन काठमाडौँ । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेर खरिद बिक्रि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको छ ।
मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला दुई हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
चाँदी तोलामा ३० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिद बिक्री भएको थियो ।