२८ फागुन काठमाडौँ । मदन भण्डारी लोकमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटना मकवानपुरको बकैया गाउँपालिका वडा न ४ जुरेलीबजार नजिक आज बिहान अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
आज हात्तीसुडेबाट ठूलोदमारतर्फ गइरहेको बा ४० प ५३०६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक ३३ वर्षीय रुपक दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका दियालीलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । घटनामा मृत्यु भएका दियालीको पहिचान खुल्न बाकी छ ।