२८ फागुन काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिकाले एसईई परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने बिधार्थीलाई प्रोत्साहन स्वरुप रकम एक लाख देखि १५ हजार सम्म प्रदान गर्ने निर्णय गरेको छ । यही बर्षको आगमी चैत ७ गते बाट सञ्चालन हुने एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिधार्थीहरुलाई सम्मानीत गर्दै उक्त रकम दिने घोषाण गरेको हो ।पालिकाले हिजो सार्वजनिक सूचना जारी गरी विद्यार्थीलाई परीक्षाको तयारी गर्न मनोवल बढोस् भन्ने उद्देश्यले पुरस्कार घोषणा गरेको पालिकाले जनाएको छ ।
बारपाक सुलिकोट गाउँपालिका भित्रका सामुदायकि विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु ५ जनालाई एकलाख देखि १५ हजार रुपैयाँ सम्मको पुरस्कार दिने घोषणा गरेको पालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले बताउनु भयो । पालिकाले प्रदान गर्ने रकममा ग्रेड अनुसारको रकम दिने समेत बताएको छ । पालिकाको नियम अनुसार ४ जिपिए ल्याउनेलाई रु एक लाख, ३.९० देखि ३.९९ जिपिए ल्याउनेलाई ५० हजार, ३.८० देखि ३.८९ जिपिए ल्याउनेलाई २५ हजार, ३.७० देखि ३.७९ जिपिए ल्याउनेलाई २० हजार र ३.६० देखि ३.६९ जिपिए ल्याउनेलाई १५ हजार नगद पुरस्कार प्रदान गर्ने जनाएको छ ।
यसवर्षको एसईई परीक्षामा बारपाक सुलिकोट गाउँपालिकाबाट नियमिततर्फ २९८ जना र ग्रेडवृद्धितर्फ ७३ जना गरि कुल परिक्षामा सहभागी ३७१ जना हुने पालिकाले सूचनामा सार्वजानिक गरेको छ । शिक्षाको गुणस्तर सुधारका लागि गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको पालिका प्रमुख विष्णु भट्टले जानकारी दिनु भयो । पालिकाले शिक्षा क्षेत्रको गुस्तर सुधार्नको लागि विद्यालय सुधार योजना,शिक्षक तालिम अभिभावकविहिन तथा विपन्न र जेहेनन्दार विधार्थी बालबालिकालाई निशुल्क रुपमा छात्रवासमा राखेर कक्षा १२ सम्म पढाउने व्यवस्था गरेको जानकारी दिए ।
यसका सार्थ शैक्षिक सामाग्राी सहयोग, उत्कृष्ट शिक्षक तथा विधार्थीहरुलाई पुरस्कार समेत वितरण गर्दै आएको बताए । स्थानिय सरकार स्थापना काल देखि गाउँपालिकाभित्र रहेको पोलिटेक्निक कलेजमा प्राविधिक शिक्षा पढ्ने सबै विद्यार्थीलाई छात्रवृत्ति दिने गरेको पनि गाउँपालिकाले जनाएको छ । त्यसैगरी गाउँपालिकाले एमविविएस पढनेहरुलाई छात्रवृत्ति,गोरखा नगरपालिकामा रहेको गोरखा क्याम्पसमा अध्ययनरत बिधार्थीहरुलाई छात्रवुत्तिलगायत दलित तथा बराम सामुदय बिधार्थीहरुलाई छात्रवृत्ति समेत दिने गरिएको पालिकाले जनाएको छ ।