२८ फागुन काठमाडौँ । आज नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा केही दिन देखि आन्दोलनरत शिक्षकहरु धर्ना बसेका छन् । शिक्षकहरु माइतिघरबाटै दिउँसो १ बजेदेखि ३ बजेसम्म धर्ना दिने कार्यक्रम रहेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।
पर्सी नेकपा माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालय पेरिसडाडामा धर्नाको कार्यक्रम तय भएको अध्यक्ष सुवेदीले जानकारी दिए। विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न दबाब दिँदै महासंघले हिजो कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दुई घण्टा धर्ना दिएको थियो।
विधेयक पारितका लागि चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना र सांसदहरूसँग भेट गरि महासंघले दबाव दिने कार्यक्रम तय भएको छ। चैत्र ७ देखि १५ गतेसम्म काठमाडौंमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने महासंघको तयारी छ।