Logo

बिहिवार, कार्तिक १३ गते २०८३

स्ववियु अध्यक्षमा उम्मेदवारी दिएका कार्कीले मनोनयन फिर्ता लिदै रोकाहालाई समर्थन गर्ने

स्ववियु अध्यक्षमा उम्मेदवारी दिएका कार्कीले मनोनयन फिर्ता लिदै रोकाहालाई समर्थन गर्ने

जोईन खबर

१, चैत्र २०८१
  • 775
    SHARES
  • स्ववियु अध्यक्षमा उम्मेदवारी दिएका कार्कीले मनोनयन फिर्ता लिदै रोकाहालाई  समर्थन गर्ने

    १ चैत काठमाडौँ । नेपाल कमर्स क्याम्पस मिनभवनको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष उम्मेदवार बनेका कुशल कार्कीले अनेरास्ववियुका विशाल रोकाहालाई समर्थन भएका छन् ।

    images

    हिजो छलफल कै क्रममा दर्ता गरेको  मनोनयन फिर्ता लिदै अर्का अध्यक्ष पदमा उठेका अनेरास्ववियुका विशाल रोकाहालाई उनको पक्षमा आउने मत दिने भएका छन् ।

    images
    images
    images

    चैत ५ गते हुने स्ववियु निर्वाचनमा सहभागी उम्मेदवारले बिहीबार मनोनयन फिर्ता लिने अन्तिम दिन थियो । यसअघि अनेरास्ववियु सदस्य समेत रहेका कार्कीले स्वतन्त्रबाट अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

    उनले बिहीबार निर्वाचन समिति समक्ष उम्मेदवारी फिर्ता लिँदै एमालेनिकट अनेरास्ववियुका अध्यक्ष उम्मेदवार रोकाहालाई समर्थन जनाएका हुन् ।

    नेपाल कमर्स क्याम्पसमा अनेरास्ववियुबाट सभापतिमा विशाल रोकाहा,सचिव मीन ओझा र कोषाध्यक्ष सौगात पुरीको प्यानल चुनावी मैदानमा आएका छन् । चुनाव यही चैत ५ गते बिहान ८ बजे देखि ४ बजे सम्मा हुने तयारी छ । 

    प्रकाशित मिति :चैत्र १, २०८१ शुक्रवार - १३:४३:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको