Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल शिक्षक महासंघद्वारा नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा धर्ना

नेपाल शिक्षक महासंघद्वारा नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा धर्ना

जोईन खबर

१, चैत्र २०८१
  • 751
    SHARES
  • नेपाल शिक्षक महासंघद्वारा नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा धर्ना

    १ चैत काठमाडौँ । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनका क्रममा नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा आज धर्ना दिएको छ । सरकारले यसअघि भएका सहमति कार्यान्वयन नगरेको भन्दै शिक्षकहरुले पहिलो दिन नेपाली कंग्रेसको पार्टी कार्यालय सानेपा,नेकपा एमाले पार्टी कार्यालय च्यासल हुदै आज नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा धर्ना दिएको हो ।

    images

    आफूहरूसँग भएका सहमतिका आधारमा विद्यालय शिक्षासम्बन्धी विधेयकलाई पारित गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा धर्ना दिएको छ ।दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत महासंघले आफूहरूको माग पुरा गर्नका लागि दबाब दिने उद्देश्यले शुक्रबार माओवादी पार्टी कार्यालयमा धर्ना दिएको हो ।

    images
    images
    images

    सरकारले आफूहरूसँग यसअघि गरेका सहमति कार्यान्वयन गर्दै त्यसका आधारमा संसदको चालू अधिवेशनबाटै विद्यालय शिक्षासम्बन्धी विधेयकलाई पारित गर्नुपर्ने आफूहरूको माग रहेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

    दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत चैत्र ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिने महासंघले जनाएको छ । त्यस्तै चैत्र ७ गतेदेखि चैत्र १५ गतेसम्म काठमाडौँमा रिले अनशन र चैत्र २० गतेबाट अनिश्चितकालीन काठमाडौँ केन्द्रित सडक आन्दोलन गर्ने महासंघको भनाइ छ ।

    प्रकाशित मिति :चैत्र १, २०८१ शुक्रवार - १५:०१:३३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको