१ चैत काठमडाौँ । काठमाडौँ धोबचिौरमा रहेको पब्लिक युथ क्याम्पसमा अखिल क्रान्तिकारीले केही दिन खघि लागेको ताला आज सहमति जुटे पछि खुलेको छ। अगामी चैत ५ गते हुन लागेको स्ववियु चुनावको नियम विपरित भएको भन्दै अखिल क्रान्तिकारीले विज्ञप्ति जारी गर्दै ताला लगाएको हो । तेही समस्याले गर्दा चुनाव स्थगित हुने सूचना सम्मा सार्वजानि गरिएको थियो ।
आज एक बैठकबाट स्ववियु मतदाता नामावली शंसोधन भएपछि ताला खोलिएको पब्लिक युथ क्याम्पसका अखिल क्रान्तिकारीका संयोजक रोशन कालिकोटेले बताए । उक्त बैठकमा भएको निर्णयको आधारमा स्थगित गरिएको निर्वाचन प्रकृया तत्कालै सुचारु गर्न पनि अखिल क्रान्तिकारीले माग गरेर विज्ञप्ती निकालेको छ ।

अखिल क्रान्तिकारी आज निकालेको विज्ञप्तिमा उल्लेख अनुसार हालै हाम्रो संगठन अखिल क्रान्तिकारीले निर्वाचन समितिलाई बुझाएको विज्ञप्तिअनुसार मतदाता नामावली संशोधन गरिएको विषयलाई स्वागत गर्दछौं,हाम्रो सगंठन चुनावी मैदान मानै छौँ, हाम्रो मागलाई निर्वाचन समितिले सम्बोधन गरेसँगै हामीले लगाएको ताला खोली हामी निर्वाचन प्रकृयामा अगाडि बढिसकेका छौं, हामी निष्पक्ष चुनावको माग गर्दै निर्वाचनका प्रक्रिया तुरुन्त अघि बढाउन निर्वाचन समिति र क्याम्पस प्रशासनलाई जोडदार माग गर्दछौं, भनेका छन्।
केही दिनअघि अखिल ९क्रान्तिकारी०ले निर्वाचनमा भएको प्रकृयालाई असन्तुष्टि जनाउँदै उक्त क्याम्पसमा तालाबन्दी गरेको थियो। अब हुने स्ववियु निर्वाचन यही चैत ५ गते बिहान ८ बजे देखि ४ बजे सम्म सञ्चालन हुने छ । 