३ चैत काठमाडौँ । नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलनका क्रममा हिजो शनिबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा धर्ना दिइएको छ ।
सरकारले यसअघिका सहमति कार्यान्वयन नगरेको भन्दै शिक्षकले आलोकनगरस्थित उक्त पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।यसअघिका सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गरिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत चैत ५ गतेसम्म विभिन्न राजनीतिक दलका केन्द्रीय कार्यालयमा धर्ना दिइने महासंघले जनाएको छ । शिक्षकले यसअघि नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०को पार्टी कार्यालयमा धर्ना दिएका थिए ।
माग पूरा नभए चैत ७ देखि १५ गतेसम्म काठमाडौंमा रिले अनशन गर्ने तय छ । चैत २० गतेदेखि काठमाडौंकेन्द्रित अनिश्चितकालीन सडक आन्दोलन गर्ने महासंघले जनाएको छ ।