३ चैत काठमाडौँ । तराई होलीमा जनकपुरधाममा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।होली खेल्ने क्रममा शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा केही युवकहरुबीच विवाद हुदा एक समूहले अर्काे समूहलाई छुरी प्रहार गरिएको हो ।
घटनामा मृत्यु हुने सो स्थानका १९ वर्षीय आँशु यादव माथि छुरा प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदा चिकित्सकले मृत घोषणा गरेको थियो । छुरा प्रहार गरेको आरोपमा जनकपुरधाम–२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
धनुषासहित मधेशका अधिकांश जिल्लामा शुक्रबार होली मनाइएको भए पनि जनकपुरधाममा भने शनिबार होली मनाइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।