Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नागार्जुन नगरपालिकाको एक कच्ची घरमा आगो लागि हुदा १५ लाख भन्दा बढीको क्षती

नागार्जुन नगरपालिकाको एक कच्ची घरमा आगो लागि हुदा १५ लाख भन्दा बढीको क्षती

जोईन खबर

३, चैत्र २०८१
  • 469
    SHARES
  • नागार्जुन नगरपालिकाको एक कच्ची घरमा आगो लागि हुदा १५ लाख भन्दा बढीको क्षती

    ३ चैत काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–७ स्युचाटारको एक कच्ची घरमा गएराति आगलागी भएको छ। स्थानीय कृष्णहरि श्रेष्ठको एकतलाको कच्ची घर जस्ताको टहरामा राति ९ः४० बजे लागेको आगो १०ः५० बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिए।

    images

    उनका अनुसार साँघुरो ठाउँ भएकाले ठूलो दमकल छिर्न नसक्दा आगो निभाउन कठिनाई भए पनि चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको सानो दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले आगो निभाएका हुन्। उक्त आगालगीमा १५ लाख भन्दा बढीको क्षति अनुमान गरिएको छ।

    images
    images
    images

    आगो निभाउन कालिमाटी प्रहरी वृत्तका प्रमुख रुपक खड्काको नेतृत्वमा टोली खटाइएको थियो। स्वम्भू वृत्तका प्रहरी टोलीसमेत परिचालन भएको थियो।आगलागीबाट अन्न, काठमा फर्निचर, लत्ताकपडा, घरायसी सामान भाँडाकुडा लत्ताकपडा, फलाम जलेको छ। विद्युत् चुहिएर आगो लागेको अनुमान गरिएको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :चैत्र ३, २०८१ आइतवार - १२:०१:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको