३ चैत काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा अमरेशकुमार सिंहले सिभिल अस्पतालको डाइरेक्टरमा मेरिट लिस्टको एक नम्बरमा रहेका प्रमोद यादवलाई नियुक्ति नदिइएर तीन नम्बरमा रहेका व्यक्तिलाई नियुक्ति गरिएको भन्दै आपत्ति जनाएका छन् ।
उनले आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मधेशी भएकै कारण प्रमोद यादवलाई सरकारले विभेद गरेको आरोप लगाएका हुन् । उनले मधेशी,जनजाति,दलित,महिला के भिख माग्नका लागि यो देशमा बसेको हो भन्दै प्रश्न गरे । सिफारिस हुँदा मेरिट लिस्टको एक नम्बरमा प्रमोद यादव थिए ।
मधेशी भएको कारणले त्यहाँ नियुक्ति भएन । सरकारले के बुझेको छ मधेशी, जनजाति, दलित, महिला के भिख माग्नका लागि यो देशमा बसेको हो । सरकारले पूर्वविशिष्टहरुलाई सुविधा दिन नहुने बताए । ठूलाहरुले पदमा हुँदा लुट्ने, ठूला–ठूला काण्ड गर्ने, एनसेलदेखि लिएर वाइटवडी काण्ड गर्ने समेत बताए ।