Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 पूर्वी चितवनको रत्ननगर नगरपालिकाबाट जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु 

 पूर्वी चितवनको रत्ननगर नगरपालिकाबाट जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु 

रासस

३, चैत्र २०८१
  • 556
    SHARES
  •  पूर्वी चितवनको रत्ननगर नगरपालिकाबाट जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु 

    ३ चैत काठमाडौँ । पूर्वी चितवनको रत्ननगर नगरपालिकाबाट  भूमि समस्या समाधान आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरणा सुरु गरेको छ ।  आयोग बनेपछि पहिलोपटक पुर्जा वितरण गरिएको जनाइएको छ ।

    images

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले रत्ननगर नगरपनलिकाका १२३ घरपरिवारलाई पुर्जा वितरण गरी  कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । अहिले गौचरन, चिहानडाँडा, मध्यवर्ती क्षेत्र, वन क्षेत्र, नुन खर्कलगायतका क्षेत्रका बस्तीमा समस्या देखिएको बताउँदै उहाँले यस्ता समस्या समाधानका लागि सरकारले काम गरिरहेको बताउनुभयो ।

    images
    images
    images

    सरकारले भूमिसम्बन्धी अध्यादेशमार्फत समस्या समाधानको उपाय खोजेको भए पनि अहिले राष्ट्रियसभामा गएर अड्किएको बताउनुभयो ।तीन वर्षभित्र १० लाख ९७ हजार ६७० जनाको समस्या समाधान गर्नेगरी काम अघि बढाइएको बताउनुभयो ।नेपालभरिका भूमिहीन, सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीलाई पुर्जा दिने अभियान सञ्चालन गरिने उहाँको भनाइ थियो  ।

    जिल्लामा रहेका १० हजारभन्दा बढी भूमिसम्बन्धी समस्या भएकाहरुको समस्या समाधानका लागि प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यसअवसरमा रत्ननगर नगरपालिकाका उपप्रमुख यादव पाठक, रत्ननगर नगरपालिका–१२ का वडाध्यक्ष सुन्दर सुवेदीलगायतले पनि धारणा व्यक्त गर्नुभएको थियो । रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाले नगरभित्रका दुई हजार ६४३ परिवार भूमिसम्बन्धी समस्या समाधान गर्न आवश्यक रहेको बताउनुभयो ।

    पचपन्न वर्षदेखि बसोबास गर्दै आएका १२३ जनालाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न पाउँदा आफू निकै खुसी भएको उहाँको भनाइ थियो । आजै भरतपुर महानगरपालिकाका १०८ घरपरिवारलाई पनि जग्गाधनी प्रमाण पुर्जा वितरण गरिने जनाइएको छ । 

    प्रकाशित मिति :चैत्र ३, २०८१ आइतवार - १३:५०:४९ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको